add

भृकुटीमण्डपमा इलेक्ट्रीक सामाग्रीहरुको अर्न्तराष्ट्रिय स्तरको प्रदर्शनी हुने






ActPro Nepal

|

१६ मंसिर, २०७९

|
438

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अर्न्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण राठी स्वीच एण्ड केबलद्वारा प्रायोजित ”फिन इलेक्ट्रो टेक २०२२” हुने भएको छ । मंसिर २२ गते देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा कार्यक्रम आयोजना हुने भएको हो।

विद्युत् तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि कार्यक्रम आयोजना गर्न लागिएको महासंघले जनाएको छ । महासंघका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुऱ्याउने उद्देश्यका साथ यस वर्ष नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि” को नारा लिएर ”फिन इलेक्ट्रो टेक २०२२” को आयोजना हुने छ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान(प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको महासंघले जनाएको छ । महासंघका अनुसार उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ।

महासंघ अध्यक्ष सुदर्शन प्रसाद पौड्यालका अनुसार  फिन इलेक्ट्रो टेक २०२२ मा हल भित्र ४९ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तर्क्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको उनले बताए ।

महासंघका अनुसार इलेक्ट्रो टेकको यस संस्करणमा राठी स्विच एण्ड केबल टाइटल स्पोन्सर रहेको छ । यसै गरी प्लाटिनम स्पोन्सरमा महालक्ष्मी वायर एण्ड केवुल प्रा. लि. (महालक्ष्मी केबुल) रहेको छ भने डाइमण्ड स्पोन्सरमा मित्तल ओभरसिज प्रा. लि. (ग्रेट ह्वाइट) र उग्रतारा मल्टी सोलुसन प्रा. लि. (एच.पि.एल) रहेका छन् । त्यस्तै गोल्ड स्पोन्सरमा एन.जि. इलेक्ट्रिकल्स प्रा. लि. (इलेक्ट्रा इलेक्ट्रिक), जानकी केबल इन्डस्ट्रिज प्रा. लि. (जानकी केवल), वेलकम टेक्नोल प्रा. लि. (लिशा स्विच ) र ट्रान्सवेल्ड नेपाल प्रा. लि. (ट्रान्सवेल्ड ट्रान्सर्फमर) रहेका छन् । यसै गरी बैंकिङ्ग पार्टनरमा एन. आई. सी. एशिया बैक लि., अफिसिएल इन्सुरेन्समा सिद्धार्थ इन्स्योरेन्स लि., अफिसिएल कार्गोमा एस के बी कार्गो सर्भिसेज रहेका छन्। त्यस्तै कार्ड स्पोन्सरमा स्टारसिड टेक्नोलोजी प्रा. लि. (बिहान) रहेको छ । ग्लोबल एक्पोजीसनबाट व्यवस्थापन गरिएको यस प्रदर्शनीको अवलोकनका लागि भोली देखि सुहुलिएत दरमा डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एप मार्फत अग्रीम प्रवेश टिकट बुकिङ्ग खुल्ला गर्न लागिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार फिन इलेक्ट्रो टेक २०२२ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन Strategic Support को रुपमा नेपाल विद्युत प्राधिकरणको सहभागिता रहेको छ भने सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहेको छ ।

स्वदेशी उत्पादन लगायत भारत, जापान, सिंगापुर, ताइवान, चिन, फ्रान्स, स्पेन, मलेसिया, अमेरिका, जर्मनी, इटाली, अष्ट्रेलिया, आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको यस इलेक्ट्रो टेकको यस दशौं संस्करणमा राठी, अन्नपूर्ण, महालक्ष्मि, ग्रेटह्वाइट, एच. पि.एल., इलेक्ट्रा इलेक्ट्रीक, जानकी, लिशा, ट्रान्सवेल्ड, ओपल, लेकिसे, स्नाइडर, लिग्राण्ड, सि एण्ड एस, फिलिप्स, बजाज, हेभल्स, सिस्का, सिमेन्स, क्रम्टन, उषा, एंकर, ओरियन्ट, हिमेल, चिन्ट, हिमस्टार लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने महासंघले जनाएको छ ।

प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन हुने महासंघले जनाएको छ। चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ६०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास महासंघको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.