add

मेगा बैंकको साधारणसभा आह्वान






ActPro Nepal

|

१५ मंसिर, २०७९

|
349

काठमाडौं । मेगा बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ७ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा साधारणसभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ७ दशमलव ७९ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।

यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले बोनस शेयर वापत रू. ६४ करोड ४८ लाख १८ हजार ४५८ र नगद लाभांश वापत रू. ६१ करोड २ लाख ४३ हजार २८० वितरण गर्न लागेको हो ।

उल्लेखित प्रस्ताव सहित सभाले मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा रहेका छन् । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.