add

आईसीएफसी फाइनान्सको लाभांश घोषणा






ActPro Nepal

|

१५ मंसिर, २०७९

|
385

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७ सय ६० रुपैयाँ बराबरको नगद नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ११ करोड २७ लाख ११ हजार ५ सय २० रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २ सय रुपैयाँ रहेको छ । 

सबैभन्दा बढी लाभांश क्षमता भएकाे आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड​काे लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ७ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन । 

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र ०.७४ प्रतिशत नगद गरि कूल १४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ०.५५ प्रतिशत नगद गरि कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १७ प्रतिशत बाेनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन । 

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.