add

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजग हुन राष्ट्र बैंकको आग्रह






ActPro Nepal

|

१४ मंसिर, २०७९

|
512

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजग हुन आग्रह गरेको छ । 

शाखारहित बैंकिङ सेवामार्फत प्रवाह भएको सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई सजग भएर कारोबार गर्न सुझाएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधी र सहायक प्रतिनिधी मार्फत तोकिएको सेवा केन्द्रमा गइ काराबोर गर्न समेत अनुरोध गरेको छ ।

सेवाग्राहीले कुनैपनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न, कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप दिन, बेलाबेलामा आफूले गरेका कारोबारबारे बैंक खातामार्फत यकिन गर्न र केही सुझाव र गुनासो भएमा राष्ट्र बैंकलाई जानकारी गराउन राष्ट्र बैंकले सुझाएको हो ।

राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका बाहेक बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.