add

झिनो अंकले घट्यो नेप्से, ८४ करोड २६ लाखको कारोबार






ActPro Nepal

|

१४ मंसिर, २०७९

|
446

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ ।

साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३८ कम्पनीको ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा बढेको छ भने अन्य घटेको छ ।

न्यून अंकले बढेको बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ४.१७ प्रतिशत कमाएका छन् । त्यस्तै, किसान लघुवित्त ४ प्रतिशत, रुरु जलविद्युत् ३.३१ प्रतिशत, बुद्धभूमि नेपाल र श्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य साढे २ प्रतिशतले घटेको छ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड ७९ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड १५ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.