add

विराटनगरमा एक सय घण्टाको सीप विकास तालिम सञ्चालन गरिंदै






ActPro Nepal

|

१४ मंसिर, २०७९

|
532

विराटनगर  । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध मानवस्रोत बिचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाविच आगामी तीन वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालनसम्बन्धी सम्झौता भएको छ ।

दुवै संस्थाविच भएको सम्झौताअनुरुप उक्त केन्द्रले आगामी दिनमा उद्योगहरुलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन, उद्योगको आवश्यकताअनुसार तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरु वीच पुलको भूमिका निर्वाहका साथै समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्वन्धमा नीतिगत सुझावहरु सम्वन्धित निकायमा दिनेछ ।

त्यसैगरी यस क्षेत्रका निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव नेपाल सरकारका सरोकारवाला निकायहरु बिच निरन्तर सहजीकरण गरी जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

दुवै संस्थाको सहकार्यमा गत वर्षदेखि संचालनमा रहेको उक्त केन्द्रले यस क्षेत्रका विभिन्न उद्योग व्यवसायसंग समन्वय गरी अप्रेन्टिसीप मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरको छ ।

संगठन र परियोजनाको समन्वयमा पी.एल.सी., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको छ ।

दिगोरुपमा औद्योगिक दक्ष जनशक्ति उत्पादनका लागि समन्वय गरी प्रदेश नं. १ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिई भएको सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र वहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

यसअघि गतवर्ष देखि दुवै संस्थाको सहकार्यमा संगठनमा शिप विकास ईकाई संचालनमा रहेको छ ।c


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.