add

‘चालु पूँजी कर्जाको मार्गदर्शन लागू गर्ने उपयुक्त समय होइन्, देश दुर्घटनामा जान्छ’






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
522

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ ।

महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।

शोधनान्तर स्थिति चिन्ताजनक, उद्योग व्यवसायमा समस्या परेको समयमा लागू गर्न खोजिएको चालु पुँजी कर्जाको मार्गदर्शन देशको लागि नै घाटा रहेको उनको दाबी थियो

नेपाल राष्ट्र बैंकले कात्तिक १ देखि लागू हुने गरेर चालु पुँजी कर्जाको मार्गदर्शन लागू गरेको थियो । लागू भएको एक महिनापछि केन्द्रीय बैंकले संशोधनका लागि सुझाव मागेको थियो ।

महासंघले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरूको ब्याजदर अन्तर (स्प्रेडदर) घटाउने नीति लिएको स्वागत गरेको छ । स्प्रेड घटाउने नीतिले ब्याजदर बढ्न नदिने भएपनि तत्काल ब्याजदर नघट्ने निचोड महासंघले निकालेको छ ।

पुस मसान्तपछि राष्ट्र बैंकले दिएको ६० अर्ब पुनरकर्जा केन्द्रीय बैंकमा फिर्ता जाने अवस्थामा रहेको र उद्यमी व्यवसायीलाई समस्या पार्ने र बजारमा तरलता अभाब थप हुने हुँदा एक वर्ष म्याद थप गर्न अनुरोध गरेको छ ।

बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर)लाई एक प्रतिशत बिन्दुले घटाउने तथा स्थानीय तहको पैसा निश्चित समयका लागि शतप्रतिशत निक्षेपमा गणना गर्न दिने सुविधा दिन महासंघले माग गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.