add

रविको पार्टीप्रति ओलीको टिप्पणी–हावा नहाली त्यो बेलुन कसरी फुल्यो ?






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
580

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आकारप्रति आश्चर्य व्यक्त गरेका छन् ।

ओलीलाई सम्मान तथा बधाइ दिन राष्ट्रिय जनसांस्कृतिक महासंघले राखेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वतन्त्र पार्टीको चुनाव चिह्न अमेरिकी फ्रिडम पार्टीसँग मिल्नु अनौठो भएको टिप्पणीसमेत गरे ।

‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिह्न घण्टी छ र नेपालमा स्वतन्त्र पार्टीको चुनाव चिह्न कसरी उस्तै भयो ? दुरुस्त आकारको घण्टी अमेरिकामा पनि लिएर आएका छन्,’ ओलीले भने, ‘त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । हावा नहाली ह्वाप्प त्यो बेलुन कसरी फुल्यो । यो अचम्म भयो त ।’

अहिले रविको पार्टी परिवर्तन भन्नेहरूले केही महिनामा थाहा पाउने उनको दाबी छ । स्वतन्त्र भनेको के हो भन्ने नबुझी जनताले भोट दिएको उनले बताए । पछि किन भोट दिएछौँ भनेर पछुताउने समेत ओलीको टिप्पणी थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.