add

मकवानपुरमा राप्रपाका दीपक सिंह विजयी






ActPro Nepal

|

८ मंसिर, २०७९

|
441

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् ।

नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाइ २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे।

सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय ३४ मत ल्याइन्। एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत पाए।

दुई पटक समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी डिनाले प्रत्यक्षतर्फको चुनावमा चौंथो पटक प्रयास सफल हुन सकिनन् । तर, दीपकबहादुर सिंह भने पाँचौं प्रयासलाई सार्थक बनाउँदै सांसद बनेका छन् ।

सिंहले हालसम्म जनप्रतिनिधिका रुपमा कुनै पनि निर्वाचन जितेका थिएनन्। २०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित भएका सिंह २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भए।

त्यस्तै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पनि उनी पराजित भएका थिए ।

अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि ‘अप्रत्यासित’ नतिजा हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.