add

रवि लामिछानेले लिए प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता






ActPro Nepal

|

८ मंसिर, २०७९

|
551

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै रहेको छ ।

यहाँ अहिलेसम्म ६९ हजार ५ सय ९९ मत गणना हुँदा लामिछानेले ३९ हजार २ सय १६ मत ल्याएका छन्। आफ्ना प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता लिइरहेका छन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको १३ हजार ५ सय ३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको १२ हजार ७ सय ७२ छ।

लामिछानेको मत कांग्रेस र एमालेको संयुक्त मतभन्दा बढी छ। दुवैको मत जोड्दा २६ हजार २ सय ७५ हुन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.