add

रसुवामा कांग्रेसका आचार्यको जित सुनिश्चित






ActPro Nepal

|

६ मंसिर, २०७९

|
580

रसुवा ।  मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ।

करिब ४ हजार ३७८ मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङभन्दा आचार्यको मत ८ हजार ८४ बढी भएपछि उनको जित निश्चित भएको हो।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए। 

जिल्लामा २८ हजार ३०५ मत खसेकोमा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ। हालसम्मको गणनामा ६५५ मत बदर भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.