काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंबाट खाता खोलेको छ ।
काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका उम्मेदवार सुनील केसी विजयी हुनुभएको हो ।
केसीले ६ हजार ५९८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याउनुभएको छ । केसी एक हजार ५२२ मतको अन्तरले विजयी बन्नुभएको हो ।
यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबीच प्रतिस्पर्धा भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।