add

काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता, कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा






ActPro Nepal

|

५ मंसिर, २०७९

|
575

काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । 

जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। 

एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।

यस्तै कांग्रेसले झापा–३, भक्तपुर–२ र मुस्ताङमा अग्रता लिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–७ र कास्की–२ मा अग्रता लिइरहेको छ।

काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता लिएका छन् ।   कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा रहेका छन् । ताजा मतगणना अनुसार यो समाचार तयार पर्दा राप्रपा उम्मेदवार रविन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ र नेपाली कांग्रेसका प्रकाशमान सिंहले १८३ मत लयाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.