add

मुलुक सुधार र आगामी पुस्ताको भविष्यलाई सुन्दर बनाउन मेरो उम्मेदवारी : डा. प्रणय राणा






ActPro Nepal

|

१ मंसिर, २०७९

|
674

डा.प्रणय समशेर राणा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ५, राष्ट्रिय स्वतन्त्र पार्टी (चुनाव चिन्ह घन्टी)

काठमाडौं क्षेत्र नम्बर ५ का स्थानीय बासिन्दा डा. प्रणय समशेर राणा लामो समय द्वन्द्व व्यवस्थापन क्षेत्रमा क्रियाशिल रहेका व्यक्ति हुन् ।

नेपालमा चलेको लामो समयको द्वन्द्वले उनलाई कसरी उक्त द्वन्द्वबाट मुलुकलाई मुक्त बनाउन सकिएला भन्ने सम्बन्धमा नयाँ तरिका खोज्ने सोचले नेपाली सेनाको अधिकृत पदको जागिरबाट अवकाश लिए । त्यसपछि उनले आफूले सचेत नागरिकको रुपमा केही भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यताले द्वन्द्व व्यवस्थापनमा उच्च शिक्षालाई अघी बढाउन अमेरिका गए ।

सोही क्रममा उनले निरन्तर अध्ययन अघी बढाइरहँदा अमेरिकाबाट पिएचडी गरे । त्यहाँ रहँदा उनले स्वास्थ्य तथा सामाजिक सेवामा रहेर थुप्रै काम गरे । उनले राष्ट्रपति ओबामाबाट ल्याइएको ओबामा हेल्थ केयरमा रही शिक्षाविद् र नीतिनिर्माण तहमा रहेर काम गर्ने अवसर पाए । अध्यापनमा समेत आवद्ध राणाले विश्वविद्यालयहरुमा एसिस्टेन्ट प्रोफेसर सम्मको भूमिका निर्वाह गरिसकेका छन् । अमेरिका रहँदाका पछिल्ला २० महिना त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोलको सिनियर कन्सल्टेन्टको भूमिकामा थिए राणा । जब विश्वभर कोरोना संक्रमण फैलिँदै गयो, तब नेपालमा आफ्नो आवश्यकता पर्ने महसुस गरेर देशको माया बोकेर उनी स्वदेश फर्किए ।

नेपालमा आएपश्चात् राणा नेपाल प्रहरी, नेपाल आर्मी लगायतलाई उच्च शिक्षा तथा तालिम सञ्चालन एवं विभिन्न सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदै आएका छन् ।

यसपटकको निर्वाचनमा उम्मेदवारी दिनु आफ्नो रहर नभई बाध्यता भएको राणा बताउँछन् ।

यसपटकको निर्वाचनमा उम्मेदवारी किन ?

राणा भन्छन्, ‘अहिले सम्म नेपालमा चुनावमा होमिने व्यत्तिलाई हामीले ऊहाँको विगतको पृष्ठभूमि नै नबुझी खादामाला पहि¥याएर नेता मान्दै आएका रहेछौं । सही मान्छे सही ठाउँमा प्रतिनिधित्व गर्दै छ कि छैन भन्ने सम्बन्धमा अहिले सम्म हामीले ध्यान दिन सकेका रहनेछौं भन्ने कुराको अहिले मलाइ महसुस हुँदै आएको छ । हामीले जिताउने प्रतिनिधि पनि मुलुकको लागि आवश्यक नीतिनिर्माणमा सक्षम हुन सकेको खण्डमा मात्र राष्ट्रलाई सही ट्रयाकमा लैजान सक्छ । तर त्यस्तो स्थिति नेपालमा छैन । अहिले त कतिपय विगत राम्रो नभएका कलंकित पात्रको रुपमा चिनिएका व्यक्तिलाई समेत हामीले मतदान मार्फत विजयी बनाउँदै आएका रहेछौं । यस्तो स्थितिलाई न्यूनीकरण गर्न मतदाताहरुमा सचेतना आवश्यक पर्ने र त्यो सचेतना ल्याउनको लागि मैले उम्मेदवारी दिएको हुँ ।’

मतदातालाई सचेत रहन आग्रह गर्दै राणाले आफ्नो घरदैलोमा आउने क्रममा उम्मेदवारहरुलाई उहाँहरुको विगतको पृष्ठभूमि र भावी एजेण्डा एवं ती एजेण्डालाई पूरा गर्न सक्ने ठोस आधारबारे प्रशस्तै प्रश्न गर्न पनि आग्रह गर्छन् । जुन अहिले सम्म छैन । यसरी प्रश्न गर्ने प्रचलन विकास भएको खण्डमा उचित पात्र छनौट गर्न सहज हुनेछ । अहिले हाम्रा नीतिहरु राम्रा बन्न नसक्नु र बनेका नीति समेत सही तवरले पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नुमा हामीमा नीति निर्माणमा अनुभवको कमी रहने पात्रलाई चयन गर्ने प्रवृत्ति नै आफूले मूल कारणको रुपमा पाएको समेत राणाले प्रष्ट पारे ।

राणा भन्छन्, म २० बर्ष नीतिनिर्माण तहमा रहेर काम गर्ने क्रममा सिकेको छु कि नीतिनिर्माण गर्ने क्रममा हामीले उक्त नीति के कारणले निर्माण गर्दैछौं, खास कारण पहिचान गरी निश्चित विधिहरु अपनाउनु पर्दो रहेछ । यसरी नीति बनाउन सकेको खण्डमा ती नीतिहरु दिगो बन्न सक्दा रहेछन् भन्ने मैले व्यावहारिक ज्ञान मैले हासिल गरेको छु । मेरो नीतिनिर्माण क्षेत्रको लामो समयको अनुभवले भन्छ कि मुलुकको लागि दिगो नीति तयार गर्ने क्रममा अब मबाट अत्यन्तै कम मात्र गल्ती हुनेछन् । यसैकारण अहिले म निर्वाचनमार्फत सही नीतिनिर्माणमा उचित दबाब दिने उद्धेश्यले राजनीतिमा आएको हुँ ।

निर्वाचनमा होमिनु बाध्यता हो

राणाले भने, विगतका प्रतिनिधिहरुले उचित पात्र छनौट गर्नुभएको भए म यसरी अहिले राजनीतिमा आउनुपर्ने आवश्यकता नै पर्ने थिएन । अर्कै किसिमले म स्वतन्त्र तवरले अध्यापन पेशामा नै म रहिरहन्थेँ । अब मुलुक सुधार र आगामी पुस्ताको भविष्यलाई सुन्दर बनाउन आफैं उठ्नुपर्ने मान्यताले मैले उम्मेदवारी दिएको हुँ ।

हामी चुनावी मैदानमा प्रचारप्रसारमा लागिरहँदा बल्ल हामीले खोजे जस्ता विकल्प तयार भएछन् भन्ने सन्देश हामीले पाएका छौं । जसले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ । हामी मुलुकमा नैतिक राजनीति प्रति मानिसहरुको आकर्षण बढाउनको लागि राजनीतिमा आएका हौं । यसैकारण यसपटक घण्टी चिन्ह प्रति मानिसहरुको आकर्षण अत्यन्तै बढेको मैले महसुस गरेको छु ।

नेपालीहरुको मतदाता शिक्षामा कमी

अहिले पनि नेपाली मतदाताहरुले प्रश्न सोध्ने प्रवृत्ति विकास नहुुले नै अनुपयुक्त व्यक्तिले समेत उम्मेदवारी दिइरहेको स्थिति छ । नेपाली युवाको चेतनास्तर वास्तवमा कमजोर होइन । त्यो नेपाली युवाको क्षमता कमी होइन । यद्यपि त्यो क्षमताको प्रष्फुटन हुन सकेको छैन । यसका लागि सरकारले पनि मतदाता शिक्षामूलक सन्देशलाई निरन्तर प्रशारण गर्नुपर्ने आवश्यकता रहन्छ ।

राणाका ३ मुख्य एजेण्डाहरु सडक, सीमा र स्वास्थ्य

राणाले मूलतः ३ ओटा क्षेत्रलाई चुनावी एजेण्डा बनाएका छन् । जुन सडक, सीमा र स्वास्थ्य सुरक्षा हुन् । मैले मूलतः स्वास्थ्य सुरक्षा अन्तरगत हरेक व्यक्तिको व्यक्तिगत स्वास्थ्य विमा, जनस्वास्थ्य सुरक्षा र अनुगमन, नीतिगत बाधाहरु हटाउने लगायत, सीमा सुरक्षा अन्तरगत खुल्ला बोर्डरलाई व्यवस्थित गर्न ड्रोनको उपयोगबाट सुरक्षा प्रबन्ध मिलाउने र कुटनीतिक तहबाट आवश्यक नीतिगत व्यवस्थापन गर्न पहल गर्नेछु । यसैगरी सडक सुरक्षा अन्तरगत काम गर्नेछु । अहिले सम्म सडकको सुरक्षा स्थितिमा कसैले ध्यान दिएको स्थिति छैन । देख्दा सामान्य देखिने समस्याले हाम्रो धनजनमा कति नोक्सानी पारेको छ भन्ने कुरामा कसैको ध्यान जान सकेको छैन । सरकारी निकाय बीच पनि अन्तरनिकाय समन्वयको अभाव छ । यस्ता समस्या समाधानको लागि हामीले नीतिगत तहबाटै सुधार गर्नुपर्ने आवश्यकता रहन्छ । हामीले ड्राइभिङको लागि दिने परीक्षामा व्यावहारिक भन्दा पनि सामान्यतया असम्बन्धित रहने प्रश्नको उत्तर दिएर लाइसेन्स हात पार्दैछौं । यस्तो प्रावधानले हामी व्यावहारिक रुपमा सफल बन्न सक्दैनौं । यसकारण यस्ता व्यवस्थामा नीतिगत परिवर्तन ल्याउनको लागि पनि मेरो पहल रहनेछ ।

विगतको ट्रयाक हेरेर मतदान गर्न आग्रह

भोटरले भोट माग्न आउने बेला उसले विगतमा गरेका कामहरुको ट्रयाक रेकर्ड पनि हेर्नुपर्छ । मतदाताले प्रश्न नसोध्ने हो भने जो जस्तोसुकै व्यक्तिले पनि उम्मेदवारी दिने अवस्था अर्को विकृतिको रुपमा आउन सक्छ । यस्तो स्थितिमा कमी ल्याउन जरुरी छ । उम्मेदवारले एजेण्डा मात्र प्रस्तुत गरेर हुँदैन, सार्थक पार्न सक्ने उचित आधार र तर्क पनि दिन सक्नुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.