add

ओलीको घमन्ड ४ मंसिरमा सकिन्छ : निधि






ActPro Nepal

|

३० कार्तिक, २०७९

|
528

बुटवल । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीको घमण्ड मंसिर चार गते जनताले अन्त्य गर्ने बताएका छन्। उनले दुई तिहाइ मत पाएर संसद् विघटन गरेर संविधान, गणतन्त्र, संघीयता र समावेशिता अन्त्य गर्न खोजेको आरोप लगाए। उनले ओलीकै कारण नागरिकता विधेयक गठबन्धन सरकारले ल्याउने बताए।

लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ५ ले बुधबार सालझन्डीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धन सरकारले मात्रै संविधान, संघीयता र समावेशिता बचाउने उनले बताए। उनले अहिले एमालेका कारण संविधान जोखिममा परेकाले गठबन्धन बनाउनुपरेको बताए।  

उनले समावेशिताको विषयमा एमाले विरोधी भएको समेत बताए। महिलाहरूलाई अनिवार्य सहभागिता बनाउनका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण उनले गरे । 

सभामा नेकपा माओवादीका पोलिटब्युरो सदस्य हकिकुल्लाह खाँले व्यवस्था परिवर्तन गरेकाले अब अवस्था परिवर्तन गर्न गठबन्धन गर्नुपरेको बताए। 

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५  प्रतिनिधिसभा सदस्य पदका गठबन्धनका साझा उम्मेदवार भरत कुमार शाहले विकास भौतिक रूपमा देखिएको बताए। उनले रूपन्देही ५ मा जनताको समस्या र विकास नै आफ्नो प्राथमिकतामा रहेको बताए।

लुम्बिनी प्रदेशसभा निर्वाचन क्षेत्र ५ (१) का उम्मेद्वार विनोद पहाडीले विपक्षी एमालेका भूमिश्वर ढकालले व्यक्तिगत स्वार्थका लागि बुटवलबाट राजधानी दाङ सारेको बताए। उनले रूपन्देहीका जनतालाई ढाँटेर व्यक्तिगत लाभका लागि लाग्ने नेतालाई जनताले चिन्ने दिन आएको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.