add

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब परीक्षणको चरणमा, एरो थाईको विशेष जहाज नेपालमा






ActPro Nepal

|

३० कार्तिक, २०७९

|
604

काठमाडौं । चिनिँया ऋण सहायतामा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब परीक्षण गरिने भएको छ । क्यालिब्रेसन उडानबाट विस्तृत यान्त्रिक परीक्षण गर्न एरोथाई कम्पनीको विशेष जहाज नेपाल आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५ मंसिरबाट ११ मंसिर सम्म पोखरामा क्यालिब्रेसन उडान गरिने छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

यसबीचमा पोखरामा क्यालिब्रेसन उडान हुनेछ । त्यसबाहेक देशभरका आन्तरिक विमानस्थलका उपकरण जाँचमा नियमित परीक्षण उडान समेत यसै जहाजबाट गरिनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ ।

सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् ।

तालिका अनुसार एरोथाईको जहाज २ मंसिरमै पोखरा पुग्नेछ । ३ मंसिरमा परीक्षण उडानबारे प्राधिकरणका अधिकारी र क्याविन क्रु तथा इन्जिनियरहरुसँग तयारी बैठक हुनेछ । ४ मंसिरमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ ।

निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि भने पोखरामा क्यालिब्रेसन उडान हुने छ । यस उडानका दौरान एयर ट्राफिक कन्ट्रोलर टावर, धावनमार्ग र विमानस्थल आसपासमा जडान सबै उपकरणहरुले काम गरे नगरेको जाँच हुन्छ । यस्तै उडान भैरहवा विमानस्थलमा समेत गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.