काठमाडौँ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले मङ्गलवार पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै एमाके पार्टी केपी ओली प्रालिमा परिणत भैसकेको आरोप लगाए ।
अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुन पुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत लगाएका छन् ।
पटक–पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।
पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।