काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा जनताले दिएको अभिमतलाई शिरोधार्य गरिने प्रतिबद्धता जनाएका छन्। देउवाले चुनाव जितेर पुनः प्रधानमन्त्री बने संसद् विघटन नगरिने बताएका छन्।
मंगलबार पश्चिम नवलपरासीको क्षेत्र–१ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
जनताले एमालेलाई दिएको अभिमतलाई केपी ओलीले बीचमै तुहाइदिएको दाबी गर्दै देउवाले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजय गराउन मतदातासँगा आग्रह गरे।
पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका विनोद चौधरी उम्मेदवार छन्। चौधरीको विजयले यस क्षेत्रको विकास निर्माणले गति लिने देउवाको भनाइ छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।