add

प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवास पुगे, भोली डडेल्धुरा जाने






ActPro Nepal

|

२९ कार्तिक, २०७९

|
326

सुदूरपश्चिम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ धनगढी पुगेका छन । गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले आज देशका विभिन्न ठाउँका चुनावीसभालाई सम्बोधन गरेका धनगढी पुगेका हुन् । उनले बुधबार डडेल्धुरा र बैतडी, बिहीबार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री यही कात्तिक १७ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका लोकतान्त्रिक–वाम गठबन्धनका चुनावीसभामा सहभागी भई कात्तिक २४ मा काठमाडौं फर्किएका थिए ।

डडेल्धुरामा कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए ।

यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहेका छन । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.