add

मुलुकको बढ्दो वेथितिले राजनीतिमा आउन बाध्य बनायोः उम्मेदवार महर्जन






ActPro Nepal

|

२९ कार्तिक, २०७९

|
354

बुद्ध रत्न महर्जन, प्रतिनिधिसभा उम्मेदवार, ललितपुर क्षेत्र नम्बर २, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । विगत ३ दशक पहिले देखि कलाकारिता क्षेत्रमा संलग्न रहँदै आएका बुद्ध रत्न महर्जन नेपालमा बढ्दै गएको विकृति, विसङ्गति र अनियमितता प्रति असन्तुष्ट बनेका पात्र हुन् । राष्ट्रिय कलाकारको रुपमा पहिचान समेत बनाइसकेका महर्जन विगत २ दशक देखि उद्योग व्यवसायमा समेत जोडिँदै आएका छन् ।

वि.सं २०५४ मा आयोजना गरिएको नेपाल टप प्रोग्राममा प्रथम स्थान हासिल गरेर चर्चामा आएका महर्जनलाई विगतमा आफू कुनै दिन राजनीतिमा संलग्न हुन पुगुँला जस्तो लाग्दैनथ्यो । यद्यपि समयक्रममा मुलुकको अवस्था दयनीय बन्दै गएको स्थितिलाई नजिकबाट नियालिरहेका महर्जनलाई आफू जस्ता केही राष्ट्र प्रेम भएका व्यक्तिहरु राजनीतिमा आउनुपर्छ भन्ने हुटहुटीले आन्तरिक रुपमा पिरोलिरह्यो । यद्यपि परिस्थिति आफूलाई राजनीतिमा आउन सहज बनिसकेको थिएन । पछिल्लो समय रवि लामिछानेले मुलुकका स्वतन्त्र जागरुक व्यक्तिहरु एकत्रित गराई नयाँ पार्टी स्थापना गर्ने सोचाईसँगै महर्जन पनि सोही अभियानमा जोडिन पुगे ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ललितपुरको क्षेत्र नम्बर २ बाट घण्टी चुनाव चिन्ह मार्फत उम्मेदवारी दिएका महर्जन मुलुकमा सुशासनको अनुभुति गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछन् ।

नयाँ दल भएको र संगठन राम्रोसँग बिस्तार हुन नसकेको वर्तमान परिवेशमा पनि जनताहरुको साथ र समर्थनले आफूहरुलाई निरन्तर रुपमा अघी बढ्न ठूलो हौसला मिलेको महर्जनको अनुभव छ ।

राष्ट्र प्रेमकै कारण आफूले नेपाल छोड्न नसकेका महर्जनले निर्वाचित प्रतिनिधिहरुबाटै राज्य कोष दोहन हुँदै आएको स्थिति प्रति आफू आगो बनेर प्रतिकार गर्ने गरी आफूलाई तयार पारिरहेका छन् । आफू निर्वाचित प्रतिनिधि बनिसकेपछि पनि राज्यबाट कुनै सेवासुविधा नै नलिने मनस्थिति बनाएका महर्जनले राज्यबाट आफूले पाउने तलबभत्ता विभिन्न सामाजिक गतिविधिहरुमा प्रयोगमा ल्याउने छन् । सही अर्थमा मुलुकलाई उचित ट्रयाकमा हिँडाउने पाठ स्थापित कहलिएका राजनीतिक दलहरुलाई समेत सिकाउन र मुलुकलाई व्यवस्थित प्रणालीमा हिँडाउनको लागि आफ्नो उम्मेदवारी निकै महत्वपूर्ण हुने महर्जनको धारणा छ ।

महर्जन हात्तिगौंडा स्थित कान्तिपुर मेटल एण्ड इन्जिनियरिङ वर्कसपका सञ्चालक समेत हुन् ।

महर्जन भन्छन्, ‘राजनीतिमा आउनु मेरो रहर होइन, बाध्यता हो । म कुनै कुराको लाभ वा अपेक्षा गरेर राजनीतिमा आएको होइन । मेरो लागि व्यक्तिगत रुपमा केही कुराको अभाव छैन । यद्यपि मुलुकको परिस्थितिले म आफूलाई आत्म सन्तुष्टि प्राप्त हुन नसकेको कारण नयाँ शक्तिको रुपमा उदाउँदै गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत म चुनावी मैदानमा होमिन पुगेको हुँ ।’

आफूहरुले घरदैलोको क्रममा नयाँ शक्ति हुँदाहुँदै पनि पुराना र शक्तिशाली भनिने राजनीतिक दलहरु नयाँ एवं स्वतन्त्र व्यक्तिहरु समेटिएको आफूहरुको दल प्रति ससङ्कित भइरहेको स्थिति छ । यो अवस्था आउनु आफैंमा ठूलो उपलब्धि भएको महर्जनको धारणा छ।

आफूले बाटोघाटो, स्वास्थ्य, खानेपानीको सहजीकरण, क्षमता अनुसारको रोजगारीको उपलब्धता लगायतमा गुणस्तरीय विकासको लागि आफूले महत्वपूर्ण महल गर्ने महर्जन बताउँछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.