काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनाव खर्च दोब्बरले बढेको छ ।
स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक भने २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ खर्च गर्न लागेको हो ।
सुरक्षा निकायको लागि स्थानीय तहको निर्वाचन भन्दा यस पटक बढी रकम खर्च गर्न लागेका छन् । निर्वाचनको सुरक्षाका लागि १० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
निर्वाचन सुरक्षातर्फ गृहमन्त्रालयरजिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमार्फत सो खर्च हुनेछ ।
निर्वाचन सुरक्षाका लागि भन्दै गृह मन्त्रालय मार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ९ अर्ब १ करोड रुपैयाँ, रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई ९७ करोड ७३ लाख रुपैयाँ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने सहमति दिइएको छ ।
सुरक्षा निकायले स्थानीय तह निर्वाचनमा ६ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेका थिए ।
सरकारले प्रतिनिधी र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न प्रति मतदाता १ हजार ११४ रुपैयाँ गर्ने गरी निर्वाचन आयोग र सुरक्षा निकायलाई स्रोत सुनिश्चितता प्रदान गरेको हो ।
स्थानीय तह निर्वाचनमा भने प्रतिमतदाता ६६६.५२ रुपैयाँ खर्च भएको थियो ।
प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने लागेका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।