add

लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धन : वरिष्ठ नेता पौडेल






ActPro Nepal

|

२६ कार्तिक, २०७९

|
417

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताएका छन। जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनमा आज आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, 'राजनीतिक यात्राको अवधिभर मैलै कुनै पनि दाग नलगाएको व्यक्ति हुँ । भ्रष्टाचारी मुद्दा लागेका व्यक्तिलाई मत दिएर खेर नफ्याँक्नुहोस्।'

स्वतन्त्रबाट तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभासदस्य पदका उम्मेदवार रहेका गाेविन्दराज जोशीप्रति लक्षित गर्दै नेता पौडेलले भने। भ्रष्टाचार लागेका व्यक्तिले चुनाव जिते पनि संसद् छिर्न नपाउने हुँदा समयमै ख्याल गर्न आग्रह गरे। आफ्ना अपूरा योजनालाई पूरा गर्दै गाउँगाउँमा बस्ने वातावरण सिर्जना गरी रोजगारीको व्यवस्था मिलाएर विदेशिने शक्तिलाई रोक्न पहलकदमी गरिने उनले बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देखिएकाले त्यसको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरेको उनको स्पष्टोक्ति थियो। केही अधुरा काम पूरा गर्दै समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको प्रतिबद्धता रहेको छ। कार्यक्रममा गठबन्धनका नेकपा (माओवादी केन्द्र)का प्रदेश सभासदस्यका उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनको सरकारले देश विकासमा कायपलट गर्ने योजना लिएर अघि बढेकाले बिजयी गराउन आवश्यक रहेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.