चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष एवं केपी ओलीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नु महाभूल भएको बताएका छन् ।
सत्तारुढ गठबन्धनद्वारा आज (शनिबार) भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
तत्कालीन प्रधानमन्त्री ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुईपटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको स्पष्ट पारे। 'हामी त्यसको खिलाफमा संसद् फिर्ता ल्याउने काममा लाग्यौँ, सफल भयौँ,' उनले भने।
देउवाले शान्ति समृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताएका छन्।
उनले गठबन्धनले जिते दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने दाबीसमेत गरे। ‘अहिलेको चुनाव जिते हामी अरु दुई–तीन चुनावसम्म सहकार्य गरेर अगाडि बढ्छौं,’ उनले भने, ‘गणतन्त्रको स्थायित्व गर्ने दायित्व गठबन्धन दलहरूकै काँधमा छ।’
प्रधानमन्त्री देउवाले मुलुकमा स्थायी शान्ति चाहिएको उल्लेख गर्दै जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाई रोजगारीको सिर्जना गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
१० वर्षअघि कारबाहीमा परेका कांग्रेसका तत्कालीन चितवन सभापति विकास कोइरालाको कारबाही फिर्ता गराउने आश्वासन पनि उनले दिए। ‘निर्वाचन सकिएलगत्तै कोइरालामाथिको कारबाही फिर्ता हुन्छ,’ उनले भने।
२०७० को संविधानसभा निर्वाचनमा कोइराला तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध ‘बागी’ उम्मेदवार बनेका थिए। पार्टी सभापतिविरुद्ध ‘बागी’ उम्मेदवारी दिएपछि कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो।
कांग्रेसका चितवन पूर्वजिल्ला सभापतिसमेत रहेका कोइरालाको कारबाही फिर्ताकाे माग गर्दै गठबन्धनले शनिबार भरतपुरमा युवाहरूले प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री देउवाले आजै कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई चितवनस्थित घरमै पुगेर समवेदना प्रकट गरे। टेकप्रसाद पत्नी शिरमाया गुरुङको निधनका कारण शोकमा छन्। विमानस्थलबाट चितवन झरेलगत्तै उनी गुरुङ निवास पुगेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।