काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरूले दुरूपयोग गरेको आरोप लगाएका छन् ।
काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरूपयोग गरेर जनताविरूद्ध नै प्रयोग गरेको आरोप लगाए । यदी कसैले दुरूपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उनको भनाइ छ ।
‘यदी कसैले राज्यशक्तिको दुरूपयोग भयो भन्यो भने एउटा कथा रचिएको छ । कथा के हो भने यी त पश्चगामी भए । पश्चगामी भए भन्ने कथा रचिएको छ,’ उनले भने, हामीलाई यस्तो भन्ने साथीहरूलाई सोध्न चहान्छु, संविधानको निरन्तर उल्लंघन गर्नु अग्रगामी हो ? संविधान निरन्तर उल्लंघन भएको छ । नियुक्ति र लाइसेन्स दिइएको छ । सत्तामा पुगेर शक्तिको सदुपयोग भयो ? के त्यही हो अग्रमगन भनेको ?’
यसबारे राप्रपाले जवाफ खोजेको भन्दै उनले पैसा लिएर भागबन्डालाई गर्नेलाई पनि अग्रमगन हो भन्दै प्रश्न गरे । प्रतिस्पर्धी राजनीतिक दलप्रति आक्रोश व्यक्त गरेका उनले राजदूत नियुक्तिमा पनि पैसाको लेनदेन हुने गरेको आरोप लगाए ।
आफूहरू संसद्मा पुगेपछि अग्रगामीको नाममा दुर्गन्धपूर्ण भएका नवसामन्तीहरूको नागेंझार पार्ने डा.लोहनीको चेतावनी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।