भवानी बराल
आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहिँबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाइ उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो । पञ्चायतको भण्डाफोर गरेको केही वर्षमै पञ्चायतको पतन भयो । यसरी नै संसदीय व्यवस्था भण्डाफोर गरेको एक कार्यकाल पछि नै नेपालमा जनयुद्धको थालनी भयो । निर्वाचनका समयमा बैचारिक मुद्धाहरु सतहमा ल्याउनु पर्छ । निर्वाचन मुद्धामय बन्न सकेन भने निर्वाचनका अन्य प्राविधिक कुराले घर गर्छ । यस्तो मुद्धाहीन निर्वाचनले देश र जनतालाइ फाइदा गर्दैन । यस्तै काममा यतिखेर लेखक, पत्रकार र सामाजिक अभियानकर्ता युग पाठक झापा क्षेत्र नं ५ को निर्वाचनमा हेलिएका छन् । निर्वाचन परिणामको गणित कोट्याएर मात्र आजको वैश्विक समस्या हल हुँदैन । तथाकथित नश्लीय राष्ट्रवाद अहिलेको समाजको आवश्यकता हैन । परिवर्तनका लागि आफ्नो विवेक प्रयोग गर्नु पर्छ । आजको युग नयाँ विचारको खोजी हो।
ओजुलेसनको मर्म :
प्रान्सिस फुकुयामाले इतिहासको अन्त्य लेखे तर, इतिहासको अन्त्य भएन । केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे त्यो पनि भएन । अन्त्य न इतिहासको भएको छ न भाषा, विचारको । यसको अतिरिक्त नयाँ दर्शन विचारको अभाव भएको भने खड्किएको विषय हो । विचारमा खिया लागेको शब्दावली केहि समयदेखि सुनिँदै आएको हो । परम्परागत दर्शन र विचारहरु युगीन नेतृत्व गर्न अक्षम भएको वर्षौंं वित्यो । वैज्ञानिक विचारहरु पनि परिमार्जन हुन नसक्ता तीनको उपयोगितामा प्रश्नहरु उठ्न थालेका छन । उदारवाद मात्र हैन माक्र्सवाद वा मालेमावादमा पनि प्रश्नहरु उठेका छन् । माक्र्सवाद, लेनिनवाद हुँदै माओवादमा आएर मालेमावाद टक्क अडिएको छ । एउटा काल्पनिक युटोपिया जिवन मानव समाज अभिसप्त छ । र, आजको विश्व समाजको नेतृत्व गर्न यो वैचारिक धारमा बगे्रल्ती प्रश्नहरु उठेका छन् । प्रश्नहरु भने उत्तरित छैनन् । यहिँनेर आएर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्स खोजेको छ । त्यो विमर्स युग पाठकले ‘ओजुलेसन मुभमेण्ट’ अर्थात उत्स्रवण आन्दोलनको नाममा सार्वजनिक गरेका छन् ।
केहि वर्ष अगाडिदेखि विश्व अर्थ राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ शब्दको खुबै प्रयोग हुँदै आएको छ । यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ भन्ने अर्थ लगाउँदा हुन्छ । प्रतियोगितात्मक काम कार्वाहीहरुमा नमूनाको रुपमा कायम गरिएको माथिल्लो स्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो । प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्टक्चर अफ साइण्टिफिक रिभुलेसन’मा प्याराडायमको व्यापक चर्चा गरेका छन् । कुहनले प्याराडाइमलाइ विज्ञानसम्मत विश्वास र मान्यताको प्रणाली भनेर वर्णन गरेका छन् ।
प्याराडाइम सिफ्टको अर्थ:
पाठकले अगाडि सारेको उत्स्रवण आन्दोलन पनि प्याराडाइम सिफ्टको मान्यतामा आधारित देखिन्छ । उत्स्रवण शब्द उत्थान शब्दसंग धेरै अर्थमा समानता राख्छ । उत्थान अंग्रेजी भाषाको ‘अपवेलिङ’ शब्द समान हो । उत्थान कुनै निम्न स्थानबाट उच्चस्तरमा पुग्ने अवस्था वा भाव, समृद्ध स्थिति, उन्नति, अभिवृद्धि हो । कुनै नौतुन कामको प्रारम्भ वा थालनी, उठान, उठ्ने वा उभिने कामलाई उत्थान भनिन्छ ।
यसअर्थमा उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ संगसंगै उत्थानको । यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ । प्रतिमान परिवर्तन गर्ने नयाँ आन्दोलन जुन आन्दोलनले आजसम्म भए गरेका प्रतिमानको परिवर्तन गर्छ । विश्व राजनीतिलाइ नयाँ स्थानमा दिशाबोध गराउँछ।
प्रशिद्ध लेखक जेरेमी रिपिकनका पुस्तकहरु ‘कामको अन्त्य’, ‘तेस्रो औधोगिक क्रान्ति’, पछि लेखिएको ‘शून्य सिमान्त लागतमा आधारित सहयोगी समाज’ २०१४मा आजको पुँजीवादको अन्त्य सन्निकट भएको तर्क गरिएको छ । तर, यो पुँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नु पर्ने अर्थ छैन । यसकारण युरो औपनिवेशीक धारको अन्त्य अमेरिकी लेखकले गर्नु यहिँनेर आएर उत्स्रवण आन्दोलनले उठाउन खोजेको अर्थमा लिन सकिन्छ ।
ओजुलेसनको प्रस्तावना :
उत्स्रवण आन्दोलनको केहि प्रस्तावनाहरु छन् । युरो औपनिवेशिक दार्शनिक तथा वैचारिक व्युह रचनाकै वरिपरी आजसम्म विश्व घुम्यो । तर पाँचसय वर्ष अगाडि रचना गरिएको वैचारिक व्युह रचनाले के दियो ? राजनैतिक तनाव, घोर दक्षिणपन्थको उदय र कुनैपनि प्रकारको राजनैतिक समाधान दिन सकेन । केवल गोलचक्करमा फसाई रह्यो । प्रत्यक्ष उपनिवेश कायम गर्ने विषय त इतिहासमा देखिएकै हो । यसबीच औधोगिक क्रान्तिलाई छोड्ने हो भने पहिलो, दोस्रो र शित युद्धलगायत अनेकान घरेलु युद्धमा विश्वलाइ हेलाइ रह्यो । अहिले पनि यो व्युह रचनाले युद्धबाट मात्र राजनैतिक समाधान खोजिरहेको छ । जुन कुरा विचारधारात्मक हुँदै होइन । यहिँबाट अगाडि जाने प्रस्थान बिन्दू खोज्ने यसको पहिलो प्रस्तावना हो ।
युरो औपनिवेशिक व्युह रचनाले समाज, देश, बजार, व्यक्तित्व र मस्तिष्कमा औपनिवेशिक विचार थोप¥यो । दुइ विश्व दृष्टिकोण उदारवाद हुन वा माक्र्सवाद युरोपकै वैचारिक धार हुन । यि दुई धाराले विश्वलाई यहाँसम्म ल्यायो । तर, उदारवाद र माक्र्सवादी वैचारिक धारबाट अवको राजनैतिक संकट समाधान हुँदैन । या त माक्र्सवादमा नयाँ वैचारकि प्रस्तावना थप्न जरुरी छ । नयाँ विचारको निर्माण जरुरी भएको छ । माक्र्सवाद र उदारवाद युरो औपनिवेशिक धाराबाट अगाडि बढ्न नसकेको ठहर यो प्रस्तावनाको अर्को महत्वपूर्ण अवधारणा हो ।
जेरेमी रिपिकनले लेखेका छन, ‘सञ्चारविना हामी आर्थिक गतिविधि व्यवस्थापन गर्न सक्दैनौं । उर्जाविना हामी सूचना उत्पादन वा विजुली प्रशारण गर्न सक्दैनौ । रसदविना हामी मूल्य श्रृङ्खलामा आर्थिक गतिविधि निर्माण गर्न सक्दैनौ । यी तीन अपरेटिक प्रणालीहरुले एकसाथ नयाँ आर्थिक जीवनको संरचना निर्माण गर्दछ ।’ रिपिकनको यो भविष्यवाणीको पछाडिको तर्कमा बहस केन्द्रित भैरहेको छैन । यसर्थ अहिले वैचारिक राजनैतिक स्खलन सुरु भएको छ । यसर्थ राजनैतिक दलहरुसंग कुनै राजनैतिक मुद्धा छैन । छ त केवल चुनावदेखि चुनावसम्म, भोटदेखि भोटसम्म एउटा गोलचक्करमात्र छ ।
दुई विश्व दृष्टिकोणहरु माक्र्सवाद वा उदारवाद औपनिवेशीक कालखण्डको वैचारिक अवधारणा हुन । आन्दोलनका प्रस्तावक युग पाठकका अनुसार आजको पुँजीवाद उपनिवेशकालमा निर्माण भएको हो । यसर्थ यसको ‘डिएनए’ मै मान्छे समाजलाइ उपनिवेशिक मान्यता थोपर्ने हो । उनकै अनुसार यो पुँजीवाद शुद्ध पुँजीवादमात्र हैन ‘भाइसराय’ पुँजीवाद हो । अर्थात बेलायती औपनिवेशीक निगम ‘इष्ट इण्डिया कम्पनी’ले निर्यात गरेको अर्थ राजनीतिमा संकेन्द्रित छ आजको विचारधारा । यस्तो चिन्तनको अन्त्य गर्न आ–आफ्नो प्रांगारिक (अग्र्यानिक) आत्मनिर्भरतासहीतको राष्ट्रिय पुँजी निर्माण गर्ने हो । पर निर्भर अर्थतन्त्रको अन्त्य गर्ने हो । अर्थात औपनिवेशिक भाइसराय पुँजीवादको ठाउँमा नयाँ अर्थतन्त्रको विकास गर्ने । यसरी तेस्रो प्रस्तावना उपनिवेशकारी चिन्तन परम्पराबाट मुक्त हुने हो । यो आन्दोलनको वास्तविकता आजसम्मका मान्यताहरुको परिमार्जन हो ।
रहलपहल :
उत्स्रवण आन्दोलनको निश्कर्ष मानव संसार दर्शनको संकटमा परेको छ भन्ने हो । विश्व राजनैतिक रंगमञ्चका दुई विश्व दृष्टिकोण दार्शनिक प्रणालीहरु समस्या समाधान गर्न अक्षम भए । विश्व राजनीति दार्शनिक संकटमा गुजुल्टिएको छ । पाठकको घोषणापत्र अनुसार ‘पाँचसय वर्ष अगाडि रचना भएको यो राजनैतिक व्युहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविश्कार त ग¥यो तर साथसाथै मानव समाजलाइ अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्युहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खल्बल्याइदियो ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।