add

पर्यटक आगमन उत्साहजनक, एक महिनामा ८८ हजार भित्रिए






ActPro Nepal

|

२० कार्तिक, २०७९

|
359

काठमाडौं । कोरोना कहरको प्रभाव कम हुँदै गएसँगै विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । पछिल्लो दस महिनाको अवधिमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

अक्टोबरमा मात्रै ८८ हजार ५८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए ।

सेप्टेम्बरमा ५८ हजार ३१४, अगष्टमा ४१ हजार ३०४, जुलाईमा ४४ हजार ४६२ र जुनमा ४६ हजार ९७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार ६०८, मार्चमा ४२ हजार ६, फेब्रुअरीमा १९ हजार ७६६ र जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.