add

कांग्रेस र माओवादीले देश विगारे : राजेन्द्र लिङ्देन






ActPro Nepal

|

२० कार्तिक, २०७९

|
581

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दावी गरेका छन्।

शनिबार राप्रपा सुनवल नगर कमिटीले रुपन्देहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र माओवादीलाई भोट दिए पुरानै संरचनामा खेल्ने मौका पाउने र देशमा परिवर्तन नहुने बताए ।

गलत पार्टी र गलत व्यक्तिलाई मत दिन नहुने भन्दै उनले यदि गलत पार्टी र व्यक्तिले मत पाए देश र समाजले दुख पाउने भएकाले राम्रो पार्टी र व्यक्तिलाई छानेर मात्र भोट दिन पनि आग्रह गरे ।

अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचन देश र नेपाली जनताको भविष्यसगँ जोडिएकाले सामान्य ढङ्गले हेर्न नहुने तर्क गरे । उनले तीन दशकदेखी केही सिमित राजनीतिक पार्टी र व्यक्तिले देश कब्जा गरेर राखेको बताउदै देशको विकास र सम्वृद्धिको बाटोमा लैजान निर्वाचनमा राप्रपालाई भोट दिएर सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले देशमा उद्योग धन्दा स्थापना गर्नुको साटो भएका उद्योगधन्दा समेत बेचेर खानेहरुलाई यसपटक पाखा लगाउनुपर्ने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.