काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने दाबी गरेका छन् ।
बुधवार काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेलको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उक्त कार्यक्रममा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी समेत दिए ।
ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ ।
ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।