add

विकास बैंकहरुको नाफामा उच्च गिरावट, कुनले कति कमाए ?






ActPro Nepal

|

१४ कार्तिक, २०७९

|
453

काठमाडौँ । चालू आर्थिक बर्षको पहिलो त्रैमासमा विकास बैंकहरूको नाफामा उच्च गिरावट आएको छ ।

बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ८ वटा विकास बैंकको नाफा औषतमा ३०.०७ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५६ करोड ९१ लाख नाफा आर्जन गरेका संस्थाहरुको समीक्षा अवधिमा घटेर १ अर्ब ९ करोड ७२ लाख ५४ हजार ३७९ रुपैयाँ रहेको छ ।

प्रकाशित विवरण अनुसार ८ राष्ट्रिय स्तरका विकास बैंकमा तीन वटा बैंकको नाफा बढेको छ भने बाँकीको घटेको छ । वित्तीय क्षेत्रमा बैंकहरुले गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि लगानीयोग्य रकमको अभाव भोगिरहेका छन् । जसको कारण कर्जा लगानी गर्न नपाउँदा एक दर्जन वाणिज्य बैंककै नाफामा गिरावट आएको छ ।

विकास बैंकहरुले पनि स्रोत अभावका कारण कर्जा लगानी गर्न पाएका छैनन् । ब्याजदर वृद्धिले बैंकको लागत बढ्दा आधारदर बढेको छ । सोही कारण महंगो ब्याज तिर्न नसक्ने ऋणीहरुको संख्या बढ्दा बैंकको खराब कर्जा बढेको छ भने सम्भावित जोखीम व्यवस्थापनका लागि राखिने प्रोभिजन पनि बढेको छ ।

जसको कारण एकतिर बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको छ भने अर्कोतिर नाफा घटेको छ । राष्ट्यि स्तरका विकास बैंक मध्ये सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकले यस अवधिमा नाफा वृद्धि गरेका छन् ।

साङग्रिला डेभलपमेन्ट बैंकले १.६७ प्रतिशतले नाफा बढाएर ५ करोड ५३ लाख ४५ हजार ९२७ रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा यस बैंकको नाफा ५ करोड ४४ लाख ३१ हजार ७१२ रुपैयाँ रहेको थियो ।

ग्रामिण विकास बैंकले ४.८३ प्रतिशतले नाफा बढाएर १९ करोड ३३ लाख २८ रुपैयाँ आर्जन गरेको छ । यस बैंकले गत आवको सोही अवधिमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी, शाइन रेसुङगा बैंकले ४१.९१ प्रतिशतले नाफा बढाएर २० करोड ९१ लाख ३६ हजार पुर्याएको छ । बैंकले गत आवमा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कुन बैंकको कति घट्यो नाफा ?

सार्वजनिक वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ५ वटा विकास बैंकको नाफा घटेको छ । यस अवधिमा कामना सेवा, लुम्बिनी विकास, मुक्तिनाथ विकास, ज्योति विकास र महालक्ष्मी विकास बैंकको नाफामा गिरावट आएको हो । कामना सेवाले ४ करोड १५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ भने

७६.३५ प्रतिशतले नाफा घटेको छ । यस बैंकले गत वर्ष १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। लुम्बिनी विकास बैंकले गत वर्षको पहिलो तनि महिनामा २१ करोड ३१ लाख ६४ हजार नाफा कमाएकोमा यस वर्ष ६६.६७ प्रतिशतले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा खुम्चिएको छ ।

मुक्तिनाथ विकास बैंकले गत वर्ष ३४ करोड ५५ लाख ८७ हजार नाफा कमाएको थियो भने यस वर्ष ११.०४ प्रतिशतले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सिमित भएको छ ।

यस्तै, ज्योति विकास बैंकको नाफामा ५४.०५ प्रतिशतले गिरावट आएको छ । यस बैंकले चालु आवमा १० करोड ९८ हजार नाफा कमाएको छ । समीक्षा अवधिमा २१ करोड ७८ लाख ५५ हजार नाफा आर्जन गरेको थियो ।

महालक्ष्मी विकास बैंकको नाफा ४८.२३ प्रतिशतले घटेको छ । यस बैंकले यत वर्ष २३ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ कमाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.