add

करिब १ अर्ब ९ करोड लगानीमा २ औषधी उद्योग खुल्दै






ActPro Nepal

|

११ कार्तिक, २०७९

|
423

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामै दुईवटा नयाँ औषधी उद्योग दर्ता भएका छन्। विभागका अनुसार चितवन र झापामा उद्योग स्थापना हुने गरी दुईवटा उद्योग दर्ता भएका हुन्।

जसमा चितवनमा ८५ करोड ५३ लाख १८ हजार रुपैयाँमा जेनेरिका फर्मास्युटिकल्स प्रालि दर्ता भएको छ। उद्योगले ७ करोड ५० लाख ट्याब्लेट,  २५ मेट्रिक टन क्याब्सुल, झोल औषधी, २ मिलियन मलम र १ लाख ५० हजार केजी ओआरएस वार्षिक उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगमा ९४ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।

यसैगरी झापामा उद्योग स्थापना हुने गरी २३ करोड ५४ लाख १ हजार रुपैयाँको लगानीमा युनाईटेड फर्मास्युटिकल्स इन्ड्रष्ट्रि प्रालि दर्ता भएको छ। उद्योगले वार्षिक १२० मेट्रिक टन ट्याब्लेट र  बोलस, ५ हजार केजी ओरल पाउडर र ओरल लिक्युड ५ लाख लिटर उत्पादन गर्ने लक्ष्य लिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.