add

कुमारी बैंकको खुद नाफा झन्डै दोब्बरले वृद्धि






ActPro Nepal

|

८ कार्तिक, २०७९

|
459

काठमाडौं । कुमारी बैंकको खुद नाफा झन्डै दोब्बरले बढेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८५.०७ प्रतिशतले बढेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकले १ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६ करोड बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमाससम्म ५४ करोड ११ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

हाल १४ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ तथा सरप्लसमा ७ अर्ब २६ करोड संचित छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५५ अर्ब कर्जा लगानी गरेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६३ रुपैयाँ बढेर २७.२३ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ, खराब कर्जा १.२८ प्रतिशत, मूल्य आम्दानी अनुपात ६.८३ गुणा, बेसरेट १०.९९ प्रतिशत र सीडी रेसियो ८८.९५ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.