add

एनएमबि बैंकको नाफा १३ प्रतिशतले घट्यो






ActPro Nepal

|

८ कार्तिक, २०७९

|
410

काठमाडौं-एनएमबि बैंकले चालू आवको पहिलो त्रैमासिकमा  ९० करोड ४१ लाख नाफा कमाएको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने १३ प्रतिशत कमि आएको हो। गत आवमा कम्पनीले १ अर्ब ४ करोड नाफा कमाएको थियो। 

त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब २३ करोड रहेको छ। कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले गत आवमा १ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको हो। नाफामा कमि आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२.७५ रुपैयाँ रहेकोमा चालू आवमा १९.६९ रुपैयाँ मा झरेको हो। 

कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड रहेको छ। चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा  ६ अर्ब ८८ करोड र रिटेण्ड अर्निङमा २ अर्ब ५८ करोड सञ्चित गरेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.