add

नेपाल समाजवादी पार्टी (नेसपा)ले गर्यो घोषणापत्र सार्वजनिक( पूर्णपाठसहित)






ActPro Nepal

|

६ कार्तिक, २०७९

|
605

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बताए।

घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ।

भट्टराईले मुलुकको आर्थिक विकासका लागि समतामूलक समृद्धिको अवधारणा अगाडि सारेको गर्दै त्यसका लागि तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसी हुनुपर्ने उल्लेख गरेको बताए। 

त्यस्तै छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने तथा उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्राएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लड्न लागेको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.