काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । मतदाताहरुले आफूहरुलाई बिना कुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वसलाई कहिल्यै कुठाराघात नगर्ने समेत बताए ।
‘पार्टीले मलाई अवसर दियो काठमाडौंबाट म यती भएँ । त्यसैले मैले जति अवसर पाएको छु त्यति अवसर तपाई पनि त्यही हुनुपर्दछ ।’ उनले भने, ‘तपाइँहरुले कुनै सर्त नराखी खाली कागजमा हस्ताक्षर गरेर दिनुहुन्छ । तर त्यसमा कहिल्यै पनि कुठाराघात गर्नेछैन । ’कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू निर्वाचन जितेमा कहिल्यै मालिक जस्तो नबन्ने प्रतिबद्धता व्यक्त गरे ।
आफूलाई पार्टीले अघि बढाएको विभिन्न कालखण्डको स्मरण गर्दै पार्टीमा सहयोग गर्ने साथीहरुलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने बताए । ‘म आज जे छु पार्टीको कारणले छ । त्यसैले पार्टीका साथीहरुको लागि म कहिल्यै पनि चोट पुग्ने काम गर्नेछैन् ।’
उनले भने, ‘निर्वाचन जितेपछि म कहिल्यै पनि मालिक बने भनेर कहिल्यै पनि त्यस्तो सोच्ने छैन ।’आफूसँग जनताको पक्षमा काम गर्ने जोश र हुटहुटी रहेको बताउँदै अब पार्टी र देशको नेतृत्व गर्न चाहेको बताए । ‘म पार्टीको नेतृत्व गर्न चाहान्छु । म देशको नेतृत्व गर्न चाहान्छु ।’
नेता पौडेलले आफूले जिते पछि जितेपछिको व्यवहारमा कहिल्यै पनि फरक नबनाउने प्रतिबद्धता व्यक्त गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।