add

दुई महिनामा ७६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत






ActPro Nepal

|

६ कार्तिक, २०७९

|
404

काठमाडौं । दुई महिनामा नेपाल स्टक एक्सचेन्जमा ७६ अर्ब रुपैयाँ बढिको थप धितोपत्र सूचीकृत भएको छ ।

नेपाल राष्ट बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९÷८० को दुई महिनामा थप ७६ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको हो ।

जसमध्ये रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.८ अर्ब ३१ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ३९ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब २७ करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब २१ करोड बराबरको हकप्रद सेयर रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब २४ करोड बराबरको डिबेन्चर, रु.३ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.९५ करोड बराबरको हकप्रद शेयर र रु.१८ करोड बराबरको साधारण सेयर गरी कुल रु.८ अर्ब ५२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.