काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं काभ्रे १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार तीर्थ लामाले कांग्रेससँग विकासको खाका भएको बताएका छन्।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको घर दैलोका क्रममा रोशी गाउँपालिका २ नारायणटार तथा वडा नं. १ ताङ्लिङमा भएका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै लामाले मुलुक निर्माणका लागि कुरा नभइ काम गर्ने समय आएको बताए। यसका लागि कांग्रेसले नेतृत्व लिने युगीन क्षण आएको बताए।
समाज विकासका क्रममा हुने झिनामसिना विभेद भुल्दै एकले अर्कोलाई आक्षेप नगरी समाज विकासमा लाग्न जरुरी भएको उनको भनाइ थियो। उनले मुलुकलाई समृद्ध बनाउन विगतका तीता मिठा कुरा भुल्दै गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे।
नेता लामाले उद्यमशीलतामालाई पहिलो प्राथमिकता दिने पनि बताए । घर दैलोका क्रममा सबै घरमा पुग्न नकिएला तर विकास निर्माण हरेक घरले आभाष गर्ने गरी काम गर्ने लामाले बताए। ‘रोशीको हावा पानीमा हुर्कोको मेरो शरीरमा एक थोपा रगत रहुन्जेल रोशी क्षेत्र र समग्र काभ्रेको विकासमा दत्तचित्त भएर काम गर्नेछु’ लामाले भने।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गर्दै उनले आफुले कुनै खोक्रो आश्वासन दिन नजानेको बताए। चुनावमा मात्र होइन म भोली भोली पनि तपाईकै घर दैलोमा, दुःख र कष्टमा आइरहनु पर्ने भएकोले कुनै झुटको खेति नगर्ने प्रष्ट पारे।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अधिनायकवादका विरुद्ध गठबन्धन गरिएको बताउँदै सबै पार्टीका नेता तथा कार्यकर्ताले इमानदार भएर गठबन्धन जिताउन लाग्नुपर्ने बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।