काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार, बैंकको सभा सम्पन्न भएको हो ।
उक्त सभाले बैंक्ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको ९ प्रतिशत नगद लाभांश पारित गरेको छ । यससँगै सिटिजन्स बंैक आव २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।
यसैगरी, सभाले आव २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ ।
यस्तै, सभाले साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ (संथापक सेयरधनीहरूले धारण गरेको जम्मा सेयर : साधारण सेयरधनीहरूले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव समेत साधारण पारित गरेको छ ।
बैंकका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए ।
उनले संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको जानकारी गराए ।
उनले सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्याएको सहयोगको लागि धन्यवाद दिँदै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।