add

बजारमा चरम महँगी : खाने तेल १४ प्रतिशत महँगियो






ActPro Nepal

|

४ कार्तिक, २०७९

|
430

काठमाडौं । भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

गत वर्ष भदौ महिनामा मुद्रास्फिति ३.४९ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार पछिल्ला दुई महिनामा देशमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.१७ प्रतिशत भएको छ।

त्यस्तै, यही अवधिमा गैरखाद्य तथा सेवा क्षेत्रमा पनि २ प्रतिशतको मूल्यवृद्धि भएको छ। गत वर्षको भदौ महिनामा खाद्य तथा पेय पदार्थमा २.५७ र गैरखाद्य तथा सेवा क्षेत्रमा ४.२२ प्रतिशतको मूल्यवृद्धि भएको थियो।

भदौमा खाद्य तथा पेय पदार्थहरु तथा फलफूलमा १७.२९, घ्यु तथा तेलमा १४.५३, रेष्टुरेन्ट तथा होटलमा १२.३०, मदिराजन्य पेय पदार्थमा १०.२४ र तरकारीहरुमा ९.९४ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।

त्यस्तै, खाद्य तथा पेय पदार्थभन्दा बाहेकका र सेवा समूहमा देखिएको मूल्यवृद्धिअन्तर्गत यातायातमा २३.४१, स्वास्थ्यमा १०.५५, फर्निसिङ तथा घरायसी उपकरणहरुमा ९.२५, शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुमा ७.६९ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै मूल्यवृद्धि तराईमा देखिएको छ। तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६ प्रतिशत देखिएको हो।

काठमाडौं उपत्यकामा भने ७.६२ प्रतिशत मूल्यवृद्धि देखिएको छ। गत वर्ष भदौ महिनामा काठमाडौं उपत्यकामा ३.२३, तराईमा ३.६५, पहाडमा ३.९३ र हिमालमा ३.५१ प्रतिशत मूल्यवृद्धि देखिएको थियो।

२०७९ भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.११ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.९१ प्रतिशत, १५.९३ प्रतिशत र ६.३६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत रहेको छ ।

२०७९ भदौमहिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.६८ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.८४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.४६ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.