add

जनताले अग्रगमनको पक्षमा मतदान गर्नेछन् : माधव नेपाल






ActPro Nepal

|

४ कार्तिक, २०७९

|
527

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताएका छन। अध्यक्ष नेपालले पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको बताएका हुन।

विज्ञप्तिमा भनिएको छ, 'हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन्।'

दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा नेकपा (एमाले) नेतृत्वका कारणले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उनले बताए।

'एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्‍यौँ । अहिले हामी कलम चुनाव चिह्न लिएर यहाँहरूमाझ आएका छौँ,' उनले भनेका छन।

अध्यक्ष नेपालले अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने उल्लेख गरे। सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचार र कुशासनलाई न्यूनीकरण गर्न नसकिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको विज्ञप्तिमा बताएका छन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.