add

गठबन्धनलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड






ActPro Nepal

|

४ कार्तिक, २०७९

|
466

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनावमा सत्ता गठबन्धनमा अटाएकाले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान राख्न नहुने बताएका छन्।

शुक्रबार सत्ता गठबन्धनले पोखरामा गरेको प्रदेश स्तरीय भेलामा प्रचण्डले कतिपयलाई गठबन्धनको अर्को दलको निर्वाचन चिह्न स्वीकार्न गाह्रो परेको देखिएको बताएका हुन्।

‘हँसिया हथौडालाई रुखमा, रुखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं। गठबन्धन गर्दा सबै चुनाव चिह्न स्वीकारेकाले त्यसो गर्नुहुँदैन। आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ,’ उनले भने।

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएकाले यसको लाभ आफूहरुले पनि पाएको उनको जिकिर छ। प्रचण्डले भने, ‘स्थानीय तह निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिए। गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, धुरीबाट कराउन सक्छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.