add

सुस्तायो घरजग्गाको कारोबार : एक वर्षमै ५६ प्रतिशत घट्यो






ActPro Nepal

|

४ कार्तिक, २०७९

|
679

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ ।

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।

असोज महिनामा गत २०७८को असोजमा तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बितेको असोज महिनामा २५ हजार ७८९ मात्रै लिखत (रजिस्ट्रेसन) पास भएका छन् । गत वर्ष २०७८को भदौमा यस्तो लिखत पासको संख्या करिब ५९ हजार २२७ थियो ।

असोजमा चालु वर्षको ३ महिनामै सबैभन्दा कम घरजग्गा किनबेच भएको छ । साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएकोमा असोजमा २५ हजार ७८९ वटामा सीमित भएको छ ।

१ वर्षदेखि कायम तरलता अभाव अझै सहज हुन सकेको छैन । जसकारण घरजग्गामा लगानी गर्न अझै बैंकबाट ऋण पाउने अवस्था छैन ।

यस्तै, सरकारले गत जेठदेखि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएको छ । सो नियमावली अनुसार कृषि र गैह्र कृषि क्षेत्र वर्गीकरण गरी गैह्रकृषि योग्य जग्गा मात्र कित्ताकाट गर्न पाइने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.