काठमाडौं । कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।
वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा.आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।