add

ईयूको अडिटबाट नेपालको हवाई सुरक्षादर उत्कृष्ट, उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ : प्राधिकरण






ActPro Nepal

|

३ कार्तिक, २०७९

|
366

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले यूरोपेली यूनियनले नेपालमाथिको कालोसूची हटाउनै पर्ने पुनः दोहोर्याएको छ ।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्दै प्राधिकरणले हवाई सुरक्षामा नेपाल अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको बताएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार अहिले नेपालले आइकाओका हवाई सुरक्षा चासोका सबैजसो क्षेत्रमा विश्वको औसतः भन्दा राम्रो प्रगति हाँसिल गरेको बताए ।

उनका अनुसार अब इयूले यही आधारमा समेत नेपाललाई हवाईको कालोसूचीबाट हटाउनु पर्छ । नेपाललाई इयूले हालै आफ्नो अडिट सकेर सकारात्मक जवाफ समेत दिइसकेको छ । सोहीकारण नेपाल यस पटक बढी आशावादी देखिएको हो । नेपालले ग्लोबल औसतः भन्दा धेरै ७०.१ प्रतिशत परिपालना दर पुर्याएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.