add

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्यो आय–व्यय विवरण(विवरणसहित)






ActPro Nepal

|

३ कार्तिक, २०७९

|
458

काठमाडौं । रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ले सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको छ । रास्वपाले सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार विभिन्न ७ वटा शीर्षकमा रकम आर्जन गरेको छ ।

त्यसमध्ये, रास्वपाले पार्टीको सदस्यहरूबाट ३ लाख ५० हजार रुपैयाँ लेबी उठाएको छ । यस्तै, विभिन्न संस्था तथा व्यक्तिहरूबाट १ करोड ७ लाख ६४ हजार रुपैयाँ दान पाएको छ । यसबाहेक, पब्लिकेशन मार्फत ५१ हजार रुपैयाँ र संयुक्त अनुदानमार्फत ९० लाख ३४ हजार रुपैयाँ र विभिन्न ऋणमार्फत ५६ लाख ३३ हजा र रुपैयाँ आर्जन गरेको छ ।

यसबाहेक बिक्री तथा अक्सन र लगानीमार्फत भने आम्दानी नगरेको रास्वपाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यी विभिन्न शीर्षकमा रास्वपाले २ करोड ५१ लाख ४४ हजार ८९४ रुपैयाँ आर्जन गरेको बताइएको छ । यस्तै, यस अवधिमा पार्टीले २ करोड ४० लाख १९ हजार ८९४ रुपैयाँ खर्च समेत गरेको छ ।

पार्टीले कन्फ्रेन्स गरेर २९ लाख ९७ हजार १७५ रुपैयाँ खर्च गरेको छ । यस्तै, तालिमतर्फ १२ लाख ५९ हजार रुपैयाँ तथा कार्यालय स्थापनका लागि ६७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । पर्चा तथा किताब छपाइमा १८ लाख ७३ हजार रुपैयाँ खर्च हुँदा १ करोड १० लाख रुपैयाँ स्थिर सम्पत्ति तथा लगानीमा खर्च गरेको छ ।

यसैगरी, सामाजिक कार्यमा ५५ हजार रुपैयाँ लगानी भएको पार्टीले जनाएको छ । यसअनुसार, पार्टीले आर्जन गरेको रकमको तुलनामा हाल १० लाख रुपैयाँ बचतमा छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.