add

ओलीलाई लक्षित गर्दै अर्जुनले भने- बकम्फुसे गफ मात्रै दिने ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक






ActPro Nepal

|

३ कार्तिक, २०७९

|
401

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार अर्जुन जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् । 

निर्वाचनको दौरान चुनावी प्रचारप्रसारमा जनतामाझ घरदैलोमा निस्किएका जोशीले दक्षिण पर्वतको विहादी गाउँपालिकामा कार्यकर्ताहरूमाझ संविधान बिरोधी शक्तिलाई परास्त गर्न टोल टोलमा सन्देश बाँड्दै चुनावी अभियानमा होमिन अपिल गरेका हुन् ।

‘पर्वतको भौगोलिकतामा अहिलेको आवस्यकता रेल, पानीजहाज हैन घर गाउँमा खानेपानी,स्वास्थ र स्थानिय पुर्वाधार हो, जनतालाई सिधा प्रभाव पार्ने, जनस्तरका विधमान समस्याको पहिचान गरेर त्यसको समाधान गर्न कांग्रेस तयार छ’, जोशीले भने । 

स्याङ्जाको वालिङ बाट रानीपानी बर्राचौर जोड्ने सडकलाई एमालेले आफ्नो कारण बनेको भन्दै भ्रमात्मक प्रचार गरेको भन्दै जोशीले कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा साबिक पर्वत २ बाट निर्वाचित सांसद  उमा अधिकारीको पालामा निर्णय भएपछि दक्षिण पर्वतलाई मोटरबाटोसँग जोड्ने काम भएको बताए । दुई तिहाइको सरकार हुँदा एमालेले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै गर्न सक्ने अवस्थामा समेत सिन्को नभाँचेकोले २०७४ को निर्वाचनमा कांग्रेस पराजित हुनु दुर्भाग्य भन्दै जनताबाट अब उक्त गल्ती नदोहोरिने विश्वास समेत दिलाए । 

त्यस्तै प्रदेशसभा अन्तर्गत पर्वत २ का उम्मेदवार ऋषिकेश तिवारीले २०४६ सालमा पन्चायत बिरुद्ध एकजुट भएजस्तै अहिलेको गठबन्धन समयको माग भएको बताए । देश बचाउन र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने अवस्था आएको भन्दै तिवारीले आन्तरिक मनमुटाव त्यागेर सबै कांग्रेस जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

प्रतिनिधिसभा र प्रदेशसभा तर्फका दुबै उम्मेदवारले पर्वत २ मा २०५६ पछि कांग्रेस पराजित भएको भन्दै आन्तरिक एकताको आह्वान सहित टिकट पाउने र नपाउनेको हिसाबकिताब छोडेर जनतामाझ सबै अर्जुन जोशी र सबै ऋषिकेष तिवारी बनेर मत माग्न समेत आग्रह गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.