काठमाडौँ । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन फेरि पनि आग्रह गरेको छ । यसअघि आज सोमवारसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेको कांग्रेसले समय थप्दै कात्तिक ४ गतेसम्मको समय दिएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो । उम्मेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फुकुवा हुने उल्लेख छ ।
गएको बुधवार कांग्रेसले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो । त्यसयता कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन मनाउन आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।