add

सेयर बजार सामान्य अंकले बढ्यो, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट






ActPro Nepal

|

२७ असोज, २०७९

|
347

काठमाडौं ।  साताको अन्तिमदिन बिहिबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यसदिन परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ को विन्दुमा पुगेको छ । आज २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएका १३ उपसमूह मध्ये हाइड्रोपावर बाहेक सबैको परिसूचकमा हरियाली छाएको छ । यसदिन हाइड्रो समूहको सेयर मूल्य ०.१२ प्रतिशतले घटेको छ भने म्यनुफ्यक्चरीङ समूहको १.५३ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक कारोबार हुनेमा नबिल बैंक रहेको छ । यस कम्पनीको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ३ करोड २७ लाख बढीको कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट,रिडी पावर कम्पनी र हिमालय डिष्ट्रिीलरी २ करोड बढीको कारोबार सहित शीर्ष ५ मा रहे ।

सामान्य अंकले बढेको बजारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यसैगरी,रुरु जलविद्युतका लगानीकर्ताले ८ प्रतिशत बढीले कमाएका छन् ।

यसदिन सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्युचअल फन्ड २ का लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.