काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको ६९ करोड १७ लाख ३७ हजार ८९३ रुपैयाँ बराबरको २० लाख ८५ हजार २८४ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूह्को परिसूचक बढेको छ भने २ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।
एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०७.२० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, महुली लघुवित्त ५.५१, प्रोग्रेसिभ फाइनान्स ५.३५, दिव्यश्वरी र जोशी हाइड्रोपावरको शेयर मूल्य साढे ४ प्रतिशत बढेको छ ।
त्यस्तै, युनिभर्सल पावर, घलेम्दी हाइड्रोपावर र श्री इन्भेष्मेन्टका शेयर धनीले ४ प्रतिशत कमाएका छन् ।
नेप्सेका अनुसार एभरेष्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ ।
यसको आज दुई करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ । रिडी पावरको २ करोड बढीको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।