add

‘निजी क्षेत्रसँग सहकार्य गरी विदेशमा कमाएको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउनुहोस्’






ActPro Nepal

|

२६ असोज, २०७९

|
290

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताए।

‘नेपालमा लगानीको वातावरण छ। पुराना र जटिल कानुनहरु परिवर्तन भएका छन्। अरु बाँकी कानुनहरु परिवर्तन हुँदैछन्। नेपालमा धेरै सम्भावना छन्। प्रतिफल पनि तपाईंले अन्य देशमा पाउने भन्दा राम्रो छ’, उनले भने।

गैरआवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न सुरु गरेको बताउँदै यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन ढकालले आग्रह गरे।

नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैरआवासीय नेपालीहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गरे।

‘तपाईंहरुले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ’, वरिष्ठ उपाध्यक्ष ढकालले भने। उक्त अवसरमा उनले गैरआवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको जानकारी गराए।

ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.