काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । आयोजनाका अनुसार हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २५ गतेसम्म सुरुङ खन्ने काम ६५ दशमलव ३० प्रतिशत प्रतिशत पूरा भएको छ ।
हालसम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ५९३.८० सम्पन्न भएको छ ।
त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ ।
आयोजनाको समग्र कामको प्रगति ४४ प्रतिशत सम्पन्न भएको छ । कुल वित्तीय प्रगति भने ४७ प्रतिशत भएको छ ।
नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।
टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।